द अपोलो ववश्‍व स्याहाि

मृगौला प्रत्यारोपण

मृगौला प्रत्यारोपण भनेको एक प्रकारको शल्यक्रिया हो। कुनै व्यक्तिको मृगौलाले काम गर्न छोडेको छ भने अर्को व्यक्तिको मृगौला निकालेर उक्त व्यक्तिमा राखिने एउटा प्रक्रिया हो। प्रत्यारोपण गरिएको मृगौलाले गर्नुपर्ने काम पर्याप्‍त मात्रामा गर्न सक्छ। नबिर्सनुहोस्, कुनै-कुनै व्यक्ति जन्मिदै एउटा मृगौला लिएर जन्मेको हुन्छ र तिनीहरूमा कुनै पनि किसिमको समस्याहरू विकास हुँदैन।

कुनै बिरामीको मृगौलाले स्थायीरूपमा काम गर्न छोड्छ भने ती व्यक्तिलाई मृगौला प्रत्यारोपण गर्नु आवश्यक पर्छ। तर, उक्त व्यक्तिले प्रत्यारोपण गर्नु उचित हुन्छ कि दीर्घकालीन रूपमा डाइलसिस गर्नु उचित हुन्छ भनेर निर्णय गर्न विभिन्‍न कुराहरूमा सोचविचार पुर्‍याउनुपर्ने हुन्छ। यस्ता कुराहरूमा उमेर, अन्य स्वास्थ्य समस्याहरू, काम र जीवनशैलीबारे व्यक्तिगत सोचाइ जस्ता कुराहरू पर्छन्। सही निर्णय गर्नको लागि विभिन्‍न उपायबारे आफ्नो डाक्टरसित सल्लाह गर्नुहोस् र सकेसम्म धेरै जानकारीहरू प्राप्‍त गर्नुहोस्।

मृगौला प्रत्यारोपणको लागि तीनवटा स्रोत मार्फत मृगौला पाउन सकिन्छ:

  • जीवित नातेदार दाताहरू।
  • जीवित असम्बन्धित दाताहरू।
  • शव दाताहरू।

जीवित नातेदार दाताहरू प्रायजसो मृगौला लिने व्यक्तिको नजिकको नातेदार हुन्छन्। जस्तै: दाजुभाइ-दिदीबहिनी, बुबाआमा वा छोराछोरी। यस्ता नजिकको नातेदारमा मात्र मिल्ने तन्तु (टिस्यु ) पाउन सकिन्छ।

जीवित असम्बन्धित दाताबाट मृगौला पाउनु भन्‍नुको मतलब कुनै पनि सम्बन्ध नभएको व्यक्तिबाट मृगौला प्राप्‍त गर्नु हो।

शव दाता वा मृतक दाता भन्‍नुको मतलब चाहिं कुनै दुर्घटना वा मस्तिष्कघातले गर्दा मस्तिष्कको मृत्यु भएका व्यक्ति हुन्। तिनको आफ्नो इच्छा वा तिनको परिवारको इच्छाले गर्दा तिनको मृगौला दान दिने निर्णय गरिन्छ।

कलेजो प्रत्यारोपण

कलेजोमा विभिन्‍न प्रकारको समस्याले गर्दा यसको शल्यक्रिया गरिन्छ। प्रायजसो कलेजोको एउटा भाग बिग्रेपछि यो भाग हटाउन शल्यक्रिया गरिन्छ। कलेजोको भाग काट्नुपर्ने अवस्था आउने मुख्य कारण हानीकारक ट्युमर बढेकोले गर्दा हो। एउटा वा धेरै ट्युमर कलेजोको दायाँ वा बाँया साइडमा पलाएको छ भने यसको शल्यक्रिया गर्दा ट्युमर भएको व्यक्ति बाँच्न सक्‍ने सम्भावना धेरै हुन्छ।

कलेजोको भाग काटिएको छ भने उक्त बिरामीलाई दक्ष समूहले कलेजो बाहिर कुनै ट्युमर छैन भन्‍ने कुरा पक्‍का गर्छ। यदि एक्स्ट्राहेप्याटिक अर्थात् कलेजो बाहिर पनि ट्युमर छ र तिनको कलेजोको भाग काटेर फाल्दा ट्युमरले गर्दा देखिएका लक्षणहरू कम भए तापनि तिनको बाँच्ने सम्भावना भने कमै हुन्छ। कलेजोमा अहानिकारक ट्युमरहरू पलाएको छ भने ( जस्तै: सिस्ट, एडेनोमा, हेमाजियोमा) पनि कलेजोको भाग काटेर यी ट्युमरहरू हटाउन सकिन्छ। यदि अहानिकारक ट्युमर सानो र माथि-माथि मात्र पलाएको छ भने लेपेरस्कोप (पेटमा सामो प्वाल पारेर भिडियो क्यामरा छिराएर हेर्दै गर्न सकिने शल्यक्रिया) गरेर हटाउन सकिन्छ।

कलेजोको भाग काट्न लगभग ३ देखि ५ घण्टा लाग्‍न सक्छ र कुनै रक्तक्षेपण नगरी यो शल्यक्रिया गर्न सकिन्छ (रगतविना गरिने शल्यक्रिया हेर्नुहोस्)। कलेजोको ७५ प्रतिशत भाग सुरक्षित तरिकामा हटाउन सकिन्छ। यसको लागि लगभग ५ दिन सम्म अस्पताल बस्‍नुपर्ने हुन्छ र पूर्णरूपमा स्वस्थ हुन ५ देखि ६ हप्‍ता लाग्‍न सक्छ। काटिएको भाग फेरि पहिलेको अवस्थामा जस्तै पलाउन ६ देखि ८ हप्‍ता लाग्छ। कलेजोको भाग शल्यक्रियामार्फत हटाइँदा प्रायजसो धेरै राम्रो नतिजा प्राप्‍त भएको छ।

बोन म्यारो प्रत्यारोपण

बालबालिका र वयश्क दुवैमा हानीकारक वा अहानीकारक ट्युमर छ भने रगत र म्यारो युनिटले एलोजेनिक र अटोलोगस बोन म्यारो अर्थात हड्डी भित्रको मासी प्रत्यारोपण सेवा उपलब्ध गराउँछ।

बोन म्यारो प्रत्यारोपण गर्ने दुई तरिकाहरू छन्:

अटोलोगस ट्रान्सप्लान्ट (आफ्नै शरीरबाट प्राप्‍त गरिने स्टेम सेल अर्थात् स्टेम कोशिका): निम्‍न रोगको उपचार गर्न यो प्रत्यारोपण गर्न सकिन्छ।

लिम्फोमा : रोग फेरि फर्केको/ कुनै उपचारले नछोएको अवस्थामा यो प्रत्यारोपण गरिन्छ र धेरैजसो अवस्थामा यही उपायले मात्र निको पार्न सकिन्छ।

मिएलोमा: यो रोग निको पार्न सकिंदैन। तर प्रत्यारोपण नै यसको उपचारको शुरूको भाग हो र यसले जीवनलाई लम्ब्याउन सक्छ।

ल्युकेमिया:एक्युट मिएलोइड ल्युकेमिया भएको अवस्थामा सुदृढीकरणको रूपमा प्रत्यारोपण गरिन्छ। यसो गर्दा ल्युकेमिया निको हुने सम्भावना धेरै हुन्छ।

एलोजेनिक ट्रान्सप्लान्ट (अरूको शरीरबाट प्राप्‍त गरिएको स्टेम सेल): निम्‍न रोगको उपचार गर्न यस किसिमको प्रत्यारोपण गरिन्छ।

  • थेलासेमिया
  • अरू विभिन्‍न प्रकारको आनुवंशिक रोगहरू, विशेषगरि एउटा मात्र जीन बिग्रेको छ भने।
  • एप्लास्टिक एनेमिया।
  • क्रोनिक मिएलोइड ल्युकेमिया।
  • रोग प्रतिरोध प्रणालीमा समस्या।

प्रत्यारोपण गरिने संस्थाबारे

प्रत्यारोपण गर्ने अपोलोको संस्थाले अङ्ग प्रत्यारोपण गर्ने क्षेत्रमा नेतृत्व लिएको छ र यस संस्थाले दक्ष विशेषज्ञ र अत्याधुनिक सेवाहरू प्रदान गर्छ। यस संस्थाले दिने सेवाहरू: हिस्टोप्याथोलोजीको साथमा पूर्ण रगत जगेडा गर्ने, पूरै प्यानलको रिपोर्ट देखाउने साइटोप्याथोलोजी, इम्युन-हिस्टोकेमिस्ट्रि र इम्युन फ्लोरेसेन्सको अध्ययन। रेडियोलोजी सेवामा ३.० टेस्ला एम.आर.आइ स्क्यानर र उच्‍च स्तरीय प्रणालीको पेट सुट (PET SUITE) समावेश छन्।

3200+

कलेजो

15000+

मृगौला

भेट्ने योजना बनाउनुहोस्

तपाईंले आफ्नो देशबाहिरको चिकित्सा क्षेत्रमा स्याहार पाउने प्रयास गर्दा शारिरीक र भावनात्मक रूपमा निकै तनाव हुन सक्छ भनेर हामीले बुझेका छौं। त्यसैले तपाईंको उपचारको क्रममा तपाईंलाई सहज बनाउनु र आफ्नो घरजस्तै महसुस गराउनुका साथै राम्रो स्वास्थ्य लिएर घर फर्किन सक्‍ने बनाउन हामी कडा प्रयास गर्छौं।

32

हामीलाई सम्पर्क गर्नुहोस्

ठेगाना

इंद्रप्रस्थ अपोलो अस्पताल,
सरिता विहार, नयाँ दिल्ली - 110076

इमेल

infodelhi@apollohospitals.com

कल फिर्ता अनुरोध गर्नुहोस्